Loading the content... Loading depends on your connection speed!

भयो निकै बर्ष हिंड्न थालेको

भयो निकै बर्ष हिंड्न थालेको,
भयो निकै बर्ष हिंड्न थालेको,
आमा भन्नु हुन्थ्यो सात महिनामा हिडे।
त्यसपछी हिंड्न थालेको हिंडेको हिडै भए।
अहिले यसो फर्केर हेर्छु धेरै समय भएछ।
त्यो बेला आमा ले हिडाउनु हुन्थ्यो।
त्यसपछी आँफै हिडे।
कहिले कापी कलम लिएर हिड्थे।
कहिले हातमा मिठाई लिएर हिड्थे।
चाड पर्ब आउँदा घर को काम मा हिड्थे।
पढाई पुरा गर्न किताब सँग हिडे।
कहिले आफु सँग हिडे कहिले परया सँग हिडे।
कतै ठेश लागे काती आफ्ना छुटे।

भयो निकै बर्ष हिंड्न थालेको / Nepali Literature
भयो निकै बर्ष हिंड्न थालेको / Nepali Literature

तर हिंड्न छोडिन।
पैसा को पछी हिडे कहिले हात फैलाउदै कहिले भीक माग्दै हिडे।
सहारा दिन हिडे सहरा खोज्न हिडे।
हिड्दा हिड्दै सबै साथ छुटे।
त्यो पालमा साथी भाई छोरा छोरी भाई बुहारी सँग अँगालो मरेर हिड्थे।
अहिले पनि हिड्छु तर आँखा धमिला छन, बोली लर्बराउछन्।
छाम्छाम् छुम्छुम गर्दै हिड्छु म।
हिड्दा हिड्दै सम्झेर सुस्केरा हालेर बोलाउछु म।
पछाडि फर्केर हेरे तर कोही रहेनन्।
आज पनि हिड्छु म।
हिड्दा हिड्दै यो सास भुल्छु म।

– रिपेश शिवाकोटी

By: rabinsxp
Leave a Reply

Your email address will not be published. Required fields are marked *

Name required Email required Website Comment

Back to top

Share Page

Close